Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिगमनलाई रोक्ने सत्ता गठबन्धनको साझा लक्ष्य हो : रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्ता गठबन्धनका चुनावी कमाण्डर रामचन्द्र पौडेलले प्रतिगमनलाई रोक्न अहिलेको गठबन्धनले जित्नु पर्ने बताएका छन् ।

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले प्रतिगमनलाई रोक्ने मुख्य लक्ष्य आफूहरूको भएको बताएका हुन् ।

उनले भने, ‘प्रतिगमनलाई परास्त गर्ने हो । हामी जित्नेभन्दा पनि प्रतिगमनलाई रोक्ने लक्ष्य हो।’

गठबन्धनको दलहरूको मान्यता फरक भएपनि राष्ट्रको सवालमा एक भएकाले पार्टीका झगडा बिर्सनुपर्ने पौडेलले बताए ।

साझा मुद्दामा एक भएकाले अहिले अतीतलाई बिर्सेर भविष्य हेर्दै गठबन्धन कायम राख्नुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077