पोखरा । सत्तारुढ गठबन्धनको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला पोखरामा शुरू भएको छ ।
गठबन्धनमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितामा भेला शुरू भएको हो ।
भेलालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सत्ता गठबन्धनले सबै प्रदेशमा कार्यकर्ता भेलासहित आमसभा पनि गर्ने कार्यतालिका बनाएको छ ।
Leave a Reply