Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई टुलुटुलु हेरेर बस्दैनौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई टुलुटुलु हेरेर बस्दैनौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 753
    SHARES

    विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गरेको निर्वाचन आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

    आज विराटनगरमा प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले यस्तो बताएका हुन् ।



    ‘अहिले नै आयोगले कसैलाई कारबाही गरेको छैन’, उनले भने,’माकुराको जालोमा झिँगा पस्न शुरू भएको छ, अब निस्कियो भने बच्यो, निस्किएन भने सकियो ।’



    आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई स्पष्टीकरण सोध्दा उनीहरूले कोकोहोलो मच्चाएको बताएका छन् ।

    उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रति लक्षित गर्दै स्पष्टीकरण सोधिएको विषयमा उम्मेदवारहरूले कोकोहोलो मच्चाएको देख्दा अचम्म लागेको बताएका हुन् ।

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले आचारसंहिता विपरीत चुनावी प्रचार गरेको भन्दै आयोगले बिहीवार कारबाही गर्न रौतहट प्रहरीलाई पत्र पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार