Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • काठमाडौं-४ मा गगन थापालाई स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका चन्दले समर्थन गर्ने

    काठमाडौं-४ मा गगन थापालाई स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका चन्दले समर्थन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले कांग्रेसका उम्मेदवार गगन थापालाई समर्थन गर्ने भएका छन् ।

    अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवा बर्गहरु संगको विभिन्न चरणको भेटघाट, छलफलपछि चन्दले अन्ततः थापालाई समर्थन गरेका हुन् ।



    आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र थापालाई सहयोग गर्ने निर्णय अनुसार उम्मेद्वारी मनोनयन दर्ता नगरी गगन थापा जिताउँ अभियानमा लागेको चन्दले जानकारी दिए । कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र देशलाई नेतृत्व गर्न सक्ने क्षमता भएका नेतामा पर्छन् ।



    यद्दपी उनीमा भएको कमी कमजोरीलाई आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नं ४ को लागि जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने उनको बचन बद्धताको कारणले यस निर्बाचनमा थापालाइ पूर्ण साथ सहयोग गर्ने उनले बताए ।

    मुलुकले परिबर्तन खोजिरहेको समयमा नेपाली जनताहरु बीच लोकप्रिय बनेका युवा नेता गगन थापालाइ मंसिर ४ गते हुन गइरहेको चुनाबमा प्रत्यक्षतर्फ मतदान गरि अत्याधिक बहुमतले जिताउन चन्दले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार