Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा मजदुर र प्रहरीबीच झडप, ३४ राउण्ड अश्रु ग्याँस प्रहार

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ९ छातापिपराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ ।

तलब नदिएको भन्दै उद्योगमा काम गर्ने केही मजदुरले ताला लगाएपछि झडपको अवस्था सिर्जना भएको हो । बिहीवार भएको झडपमा परि केही प्रहरी र केही मजदुर घाइते भएका छन् ।

भने झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । घाइतेहरूको सिमराको अल्पाइन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

झडपमा संलग्न रहेको आरोपमा ७ जना मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत पाँच जनालाई उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077