Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

    कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 918
    SHARES

    काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार भएको थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

    युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवास् समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।



    उनीविरुद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेश भएपछि बिहीबार थुनछेक बहस भएको थियो ।



    जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको एउटै अभियोगपत्रमा अपूर्वले फौजदारी अपराध संहिता २०७४ का दफा ६५, १६५, १६६ र १६८ अनुसार कसुर गरेको जिकिर गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार