काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बागी उमेदवारलाई कारबाही गरेको छ । आफ्नै उम्मेदवारविरुद्ध बागी बनेका उनीहरुलाई अनुशासन उल्लंघन गरेको भन्दै पार्टीबाट निष्काशित गरिएको हो ।
केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरीत उम्मेदवारी दिनेलाई निष्कासन गरिएको छ ।
‘पार्टी नीति, निर्णय विपरित स्वतन्त्र रुपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरुले पार्टी अनुशासन उलंघन गरी उम्मेदवारी कायम राखी रहेकोले उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको हो,’ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मधेस प्रदेश र अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच तालमेल गरिएको छ । जसपाले नेकपा (एमाले) सँग तालमेल भएका स्थानमा संयुक्त उम्मेदवारलाई जिताउन र तालमेल नभएका ठाउँमा पार्टीका उमेदवारालाई जिताउन लाग्न पनि निर्देशन दिएको छ ।
Leave a Reply