पोखरा । नवौं राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु हुँदा अभ्यास खेललाई आधार मानेर पदक वितरण गरिएको छ ।
यसै खेलका क्रममा मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक वितरण गरिएको हो । आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो ।
उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ । निसिमको अर्धकदको शालिक राखिने भएको छ ।
पोखरा रंगशालामा उनको शालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप शालिक बनाउने निर्णय गरिएको बोर्डले जनाएको छ ।
Leave a Reply