Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीलाई पाँचौं स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीलाई पाँचौं स्वर्ण

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 786
    SHARES

    पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीकी जयरानी थारुले पाँचौं स्वर्ण जितेकी छिन् ।

    उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जितिन् ।



    समध्ये उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२।७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।



    पाँचौं स्वर्ण जित्ने क्रममा जयरानीसहितको आर्मी टिम भाग्यमानी सावित भइन् । कारण यो स्पर्धामा एपीएफ पहिलो भए पनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित हुँदा आर्मीले स्वर्ण जितेको हो ।

    निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४।८० सेकेन्डको समय निकाल्दै रजत पदक जितेको छ ।

    सन्तोषी श्रेष्ठ, अञ्जु खड्का, रजिना दुलाल र स्वागत खाइजु, सम्मिलित बागमती प्रदेशले ४ मिनेट २२।७९ सेकेन्डको समय निकाल्दै कांस्य जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार