पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो ।
उनले २०१९ को १३ औं सागमा ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् । पोखरामा लक्ष्मीले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् ।
एपीएफकी सीमाकुमारी थारु ४५.२० मिटर थ्रो गरेर कांस्य पदक जितिन् । चन्द्रकलाले नवौं राष्ट्रिय खेलकुदको सटपुटमा पनि स्वर्ण जितेकी थिइन् ।
Leave a Reply