Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : जुडोमा आर्मीलाई ४ स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : जुडोमा आर्मीलाई ४ स्वर्ण

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 807
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् । मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।

    पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३र३ रजत र कास्य पदक पनि जितेको छ ।



    पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । बागमतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो ।



    लुम्बिनी र एपीएफले १÷१ रजत जितेका छन् । मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १र१ कास्य हात पारेका छन् । आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।

    महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजी मुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए ।

    पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाएका हुन् ।

    यस्तै महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण हात पारेकी हुन् ।गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन । सुदूरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहिन छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार