काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले शान्तिपूर्ण भनिएपनि रक्तपातपूर्ण युद्ध चलिरहेको बताएका छन् ।
ललितपुर प्रेस सेन्टरले खुमलटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘हिजो प्रतिक्रियावादीले घेरा हाल्ने र सखाप पार्ने हुँदा तोडेर निस्कने हुन्थ्यो । अहिले पनि घेरा नै भ्रम दिने कोसिस भईराख्या छ । हामीले भ्रम चिर्ने घेरा तोड्ने र प्रतिवाद गर्ने हो ।’
अहिलेको प्रतिक्रियावादी घेरालाई शान्तिपूर्ण तरिकाले मिडियामार्फत जनमत निर्माणमा जुट्न प्रचण्डले आग्रह गरे ।
प्रचण्डले प्रतिक्रियावादीहरुले माओवादी मुख्य लिडरसिपलाई घेरा हाल्ने प्रवृत्ति देखिएको बताए ।
Leave a Reply