Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीलाई चौथो स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीलाई चौथो स्वर्ण

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 705
    SHARES

    पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुले चौथो स्वर्ण जितेकी छिन् ।

    उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । आज (बुधबार) पोखरा रंगशालमा ४ गुणा १०० मिटर रिलेमा जयरानी सहितको आर्मी टिमले स्वर्ण जितेको छ ।



    महिला रिलेमा आर्मीका जयरानी थारु, रमिता थारू, सरस्वती चौधरी र निर्मला थापा सम्मलित आर्मी टिमले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।



    रिलेमा सहभागी ओलम्पियन सरस्वती चौधरीले यसअघि सय मिटर महिलामा स्वर्ण जितेकी थिइन् ।

    यस इभेन्टमा गण्डकीले रजत जित्यो । गण्डकीका मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मिलित टिमले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जितेका हुन् ।

    जनी दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजाला लजाल अमात्य सम्मलित बागमतीले ५२.७६ सेकेन्डसहित कांस्य जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार