एजेन्सी । रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्तमा परेका छन् ।
आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग नजिक भएको आरोप लागेपछि साइबर सुरक्षा प्रमुख अर्ने स्कोनबोम बर्खास्तमा परेका हुन् ।
अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए ।
जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ।
Leave a Reply