Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भ्रष्टाचार मुद्दामा बयान दिन अदालत पुगे नेयमार

    भ्रष्टाचार मुद्दामा बयान दिन अदालत पुगे नेयमार

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 864
    SHARES

    एजेन्सी । ब्राजिलको फुटबल टोलीका स्टार खेलाडी नेयमार भ्रष्टाचारको मुद्दामा बयान दिन अदालत पुगेका छन् ।

    मङ्गलबार स्पेनको एक अदालतमा पुगेर बयान दिएका नेयमारले आफ्ना बुबाले दिएको कागजातमा मात्र आफूले हस्ताक्षर गरेको र गल्ती नगरेको दाबी गरेका छन् ।



    करिब एक दशकअघि ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा उनको स्थानान्तरणमा भएको अनियमितताको आरोप लागेपछि उनी मुद्दामा छन् ।



    उनका बुबा मुद्दामा आफ्नो छोराले कुनै गल्ती नगरेको बताएका छन् । मुद्दामा दोषी ठहर भएमा नेयमारलाई २ वर्षको जेल सजाय र ९ दशमलव ७ मिलियन डलर जरिवाना हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार