काठमाडौं । संगीतकार संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शीर्ष नेताको निवास पुगेर देउसी–भैलो खेल्ने भएको छ ।
गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने नेतृत्वलाई मतदान गर्न सन्देश दिने उदेश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय गरिएको हो ।
कात्तिक ६, ७ र ८ गते आयोजना हुने देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरको अलवा सचिव लगायत उच्च सरकारी अधिकारी, व्यवसायिको घरमा समेत आयोजना हुनेछ ।
ठुला मिडियाका प्रकाशक र सम्पादकको निवासमा समेत खेलिने देउसी–भैलो राजनीतिक भन्दा पनि विशुद्ध मनोरञ्जनात्मक हुने संगीतकार संघले जनाएको छ ।
Leave a Reply