काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले हार्नु भनेको तनहुँले हारेको जस्तै भएको बताएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पौडेलले भने, ‘तनहुँ भनेको मेरो आफ्नो घर हो । त्यसैले भोट माग्नुपर्छ जस्तो लाग्दैन । तपाईंहरूले आफैँलाई जिताउनु हो ।
आफैँलाई हराउनु हो । त्यसैले भोट माग्ने कुरा होइन । मिलेर काम गर्ने हो।’
अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको समेत उनले बताए । समयसँग आवश्यकता बढ्दै जाने भएकाले क्रमबद्ध रूपमा विकास निर्माणलाई अगाडि बढाएको पौडेलको भनाइ थियो ।
Leave a Reply