Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

    ‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 717
    SHARES

    काठमाडौं । आ–आफ्ना खर्कबाट पानीघाटमा जाँदा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी । नेपाली कांग्रेसका बैठक तथा कार्यक्रमका साथै तनहुँमा एकैसाथ देखिँदा केही वर्षअघिसम्म बोलेजस्तो गरे पनि उनीहरूमा आत्मीय सम्बन्ध भने थिएन । भेटिएका बखत छिनभरमै उनीहरू दुवै आआफ्ना बाटो लाग्थे ।

    बाहिर एउटै पार्टीका नेता भए पनि दुवैको व्यवहार र सम्बन्ध प्रतिस्पर्धी दलको जस्तै थियो । समसामयिक राजनीतिलाई हेर्ने आँखा र अडान राजनीति सुरु गर्दादेखि नै भिन्नै थियो उनीहरूको । जिल्ला र केन्द्रको राजनीतिमा पौडेल र जोशीले आआफ्नो गुट र शक्ति संघर्ष पहिलेदेखि नै चलाउँदै आएका छन् ।



    २००१ असोज ३० गते तनहुँको रिस्ती–२ बाहुन पोखरामा जन्मिएका पौडेल र २००६ साउन २८ गते तनहुँकै रूपाकोट–३ खोल्टेमा जन्मिएका जोशीलाई पञ्चायतविरुद्ध आन्दोलनमा होमिएको भनेर कांग्रेसले एकै ठाउँमा उभ्यायो ।



    सामान्य परिवारका पौडेलले र राणा शासनकै बेलामा काठमाडौंसँग सम्पर्कमा रहेका जोशीले राजनीति भने फरक ढंगबाट सुरु गरे । पौडेलको भने राजधानीसँग खासै सम्पर्क थिएन । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार