Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • आईजीपी सिंह इन्टरपोलको महासभामा भाग लिन भारत प्रस्थान

    आईजीपी सिंह इन्टरपोलको महासभामा भाग लिन भारत प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । कात्तिक १ देखि ४ गते शुक्रबारसम्म सञ्चालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी लिन आईजीपी सिंह सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौंका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, प्रहरी निरीक्षक यमकुमार श्रेष्ठसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।



    उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रवीन्द्रबहादुर धानुक, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा शुभकामनासहित बिदाइ गरेका छन् ।



    प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार