Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • भैरहवामा बाल सुधारगृहको झ्याल तोडेर भागे ५ किशोर

    भैरहवामा बाल सुधारगृहको झ्याल तोडेर भागे ५ किशोर

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 1.2K
    SHARES

    रुपन्देही । भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर गत राति तीन बजे भागेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका एक, पश्चिम नवलपरासीका तीन र स्याङ्जाका एक गरी पाँच जना किशोरहरू भागेका हुन् ।



    उनीहरूमध्ये तीन जना जबरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दा अभियोग प्रमाणित भएर सुधार गृहमा राखिएको थियो ।



    १८ वर्ष नपुगेकालाई बाल सुधारगृहमा राख्ने गरिन्छ । भागेका किशोरहरूको तीव्र रूपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार