काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
६७ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले मुलुकको शान्ति सुरक्षा विकास निर्माणको आधार भएकाले आन्तरिक र बाह्य सुरक्षाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताए।
आपत विपदमा परेका नागरिकले सबैभन्दा पहिला नेपाल प्रहरीलाई सम्झने हुँदा समस्त नागरिकको सुरक्षाका लागि प्रहरी संगठनले गर्दै आएको कामको प्रधानमन्त्री देउवाले प्रशंसा गरे।
नेपाल प्रहरीले प्रकृति विपद्का समयमा नागरिकको जीवन रक्षा, उद्धार र राहत वितरणमा देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताए ।
उनले गौरवमय इतिहास बोकेको प्रहरी संगठनलाई आगामी दिनमा थप जिम्मेवार, व्यावसायिक र स्रोतसाधन सम्पन्न बनाउन सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।
Leave a Reply