Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रहरी दिवस : सुपारी तस्करी काण्डमा मुछिएका डिआइजीलाई उत्कृष्ट पुरस्कार

    प्रहरी दिवस : सुपारी तस्करी काण्डमा मुछिएका डिआइजीलाई उत्कृष्ट पुरस्कार

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सुपारी तस्करी विवादमा मुछिएका प्रदेश-१ का डिआइजी सुदीप गिरी उत्कृष्ट प्रदेश प्रमुखको पुरस्कार पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले ६७औँ प्रहरी दिवसको अवसरमा गिरीलाई सो पुरस्कार दिन लागिएको हो ।

    प्रहरी प्रधान कार्यालयले डिआइजी गिरीलाई ‘पुलिस ब्याटन’ छनौट गरेको हो । स्थलगत निरीक्षणका आधारमा प्रदेश नम्बर १ लाई उत्कृष्टको पुरस्कार दिन लागिएको छ ।



    गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत जान लागेका आठ वटा ट्रक नियन्त्रणमा लिएपछि सेटिङ धन्दा बाहिर आएको हो । सुरुमा सेटिङ मिलेकाले जान दिइएकोमा पछि बालुवाटारको ठाडो आदेशमा भन्दै भन्टाबारीबाट भन्सार जाँचपास भएका ट्रक बरामद गरिएको थियो ।



    व्यापारीहरुले सबै तिर सेटिङ मिलाएर ८ वर्षअघिको उत्पतीको प्रमाणपत्र देखाएर सुपारी भारत लैजान लागेका थिए । खासमा इन्डोनेसियाबाट आयात गरी यसरी भारत लैजान लागिएको थियो ।

    भारतमा सुपारीको उच्च मात्र रहेको र आयातमा कडाई भएकाले तेस्रो देशबाट नेपा ल्याएर भारत लैजाने गरिन्छ । यसरी लैजादा दोब्बरसम्म नाफा हुने भएकाले झापा र मोरङबाट हरेक वर्ष ठूलो मात्रामा सुपारी तस्करी हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार