Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘विशेष टिम’ खटाइयो

काठमाडौं । राजस्व चुहावट तथा तस्करी नियन्त्रणबारे मातहतले गरेको कामको अनुगमन गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सात वटै प्रदेशमा विशेष टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा प्रधान कार्यालयबाट सो टोली खटिएको हो । विशेष टोलीलाई सशस्त्रका कर्मचारीले गलत काम गरेको भेटिए फिल्डमै कारवाही गर्न सक्ने अधिकारसमेत दिइएको छ ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका युनिटहरूको अनुगमन गरेर प्रतिवेदन बुझाउन सो टिमलाई आईजीपी राजु अर्यालले निर्देशन दिएका हुन् ।

सो टोलीले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाको अवस्था त्यसबारे भइरहेका गतिविधिबारे पनि अनुगमन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077