Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीसहित ९ उम्मेदवारविरुद्धको रिट खारेज

काठमाडौं । रेशम चौधरीसहित ९ जनाविरुद्ध परेको रिट खारेज भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश समेत जारी नगर्दै रिट खारेज गरेको हो ।

विजय गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेको रिट खारेज भएको हो ।

रेशम चौधरी र लक्ष्मण थारुको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै उम्मेदवारी खारेज गरिसकेका थिए ।

अधिवक्ता अनिल आचार्यले भ्रष्टाचार, ज्यान मुद्दामा दोषी ठहर भएका र अन्य विवादित व्यक्तिहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएकाले खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077