Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • मंसिरको निर्वाचनपछि पनि गठबन्धनकै भविष्य छ : माधव नेपाल

    मंसिरको निर्वाचनपछि पनि गठबन्धनकै भविष्य छ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 531
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको निर्वाचनपछि पनि गठबन्धनकै भविष्य रहेको बताएका छन् ।

    आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    नेपालले भने, ‘भविष्य पनि गठबन्धनकै रहेको छ । वर्तमानका प्रधानमन्त्री यही हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरु पनि यही हुनुहुन्छ । काठमाडौं– २ का लागि मन्त्रिपरिषदले निर्णय गरेर हल गर्नुपर्ने समस्या भए भने पनि सहजै समस्या समाधान गर्न सकिन्छ ।’



    नेपालले गठबन्धन कायमै रहेपछि कुनैपनि समस्या समाधान गर्न सक्ने बताए । अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दै केही कानुनी अवरोध आएपनि ती समस्या समाधान गरेर अघि बढ्न सकिने बताए ।

    संविधान र लोकतन्त्र नै धरापमा परिसकेको अवस्थामा वाम–लोकतान्त्रिक गठबन्धनले जोगाएकाले आगामी चुनावमा गठबन्धनलाई चुनाव जिताउनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार