Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ स्थगित

    नवौं राष्ट्रिय खेलकुद : खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 1.1K
    SHARES

    पोखरा । खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ ।

    राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको हो ।



    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो ।



    पोखरा–१० अस्पताल चोक बस्ने उनी सराङकोटमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उडेको करिब ५ मिनेटमै खसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार