Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : महिला ४ सय मिटर हर्डल्समा आर्मीकी जयनारीलाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : महिला ४ सय मिटर हर्डल्समा आर्मीकी जयनारीलाई स्वर्ण

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 696
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् ।

    पोखरा रंगशालामा आइतबार भएको स्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गरिन् ।



    यो स्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेण्डको समयसहित कांस्य जितिन् ।



    गत असारमा काठमाडौंमा भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले १ मिनेट ०७.०२ सेकेण्डको टाइमिङसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।त्यतिबेला उनले ८ वर्ष पुरानो सविता चौधरीको कीर्तिमान तोडेकी थिइन् ।

    १२ खेलाडीले नाम दर्ता गराएको यस स्पर्धामा ७ खेलाडीमात्रै सहभागी भएपछि हिट नभई सीधै फाइनल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार