काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सशस्त्र प्रहरीका गोपी चन्द्र पार्कीलाई पछि पार्दै स्वर्ण पदक हात परेका हुन् ।
अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दुरी गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडे ।
यसक्रममा उनले १३औँ सागका स्वर्ण पदक विजेता एपीएफका पार्कीको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ रेकर्ड राखे। यसअघि, पार्कीको ३० मिनेट ३०.९९ सकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।
Leave a Reply