Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : साइक्लिङमा आर्मीका राजेश र निश्मालाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : साइक्लिङमा आर्मीका राजेश र निश्मालाई स्वर्ण

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 864
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा त्रिभुवन आर्मी क्लबका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् ।

    पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा शनिवार भएको रेसमा राजेशले पुरुष डाउनहिल र निश्माले महिला डाउन हिलमा स्वर्ण पदक जितेका हुन् ।



    राजेशले १ मिनेट ४९.१०२ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण जितेका हुन् । यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.०५ सेकेण्ड टाइमिङसहित रजत तथा एपीएफका प्रचित थापाले १ मिनेट ५५.६९२ सेकेण्डसहित कास्य जिते ।



    महिलातर्फ रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकै उषा खनालले २ मिनेट ३७.४५ सेकेन्डको समय निकाल्दै रजत जितिन् भने गण्डकीकी जमुना थापाले २ मिनेट ४०.०९ सेकेन्डसहित कास्य जितिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार