Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रवीन्द्र मिश्रले भने – पहिला ८ सयले हारेँ, यसपटक ८ हजार मतान्तरले जित्छु

    रवीन्द्र मिश्रले भने – पहिला ८ सयले हारेँ, यसपटक ८ हजार मतान्तरले जित्छु

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ८ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वरिष्ठ उपाध्यक्ष मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट ८ हजार मतान्तरले विजयी हुने बताएका हुन् ।

    मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्। उनले यसपटक पनि कांग्रेसका पुरानै प्रतिस्पर्धी पाएका छन्। यस क्षेत्रमा चार दलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले फेरि पनि प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ।



    ‘गत चुनाव ८ सय मतको अन्तरले हारेको थिएँ। यो पटक ८ हजार मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु।’



    मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘यति धेरै उतारचढाव बेहोरेर र हन्डर खाएर आउँदा पनि यति धेरै माया पाइ रहेछु कि त्यसले मलाई द्रवीभूत बनाएको छ। शब्दमा व्यक्त गर्न सक्दिनँ। मैले वाचा गरेको छु, म तपाईँहरूले सम्झन र गर्व गर्न योग्य सांसद बन्नेछु।’

    २०७४ सालको निर्वाचनमा मिश्र ८ सय १८ मतान्तरले कांग्रेस नेता सिंहसँग पराजित भएका थिए। सिंह १० हजार ९३६ मत ल्याएर विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार