Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : दौडमा त्रिभुवन आर्मीलाई  दुई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : दौडमा त्रिभुवन आर्मीलाई  दुई स्वर्ण

    पुरुष १५०० मिटरमा मुकेश पाल र महिला १०० मिटरमा सरस्वतीलाई कीर्तिमानसहित स्वर्ण

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 615
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

    मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेण्डमा पूरा गरे । एपीएफका अजित यादवले ३ मिनेट ५३.११ समयसहित रजत जिते । त्यस्तै नेपाल पुलिस क्लबका नागेश्वर अहिले ३ मिनेट ५६.५ सेकेण्ड समय सहित कास्य जिते ।



    यता, महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।



    ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

    यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्ड समय सहित कास्य जितिन् ।

    सरस्वतीले बनाएको कीर्तिमान ह्याण्ड टाईमिङ कीर्तिमान हो । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डसहित स्वर्ण जितेकी थिइन् । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद सागमा देवी माया पनेरुले बनाएको १२.१९ सेकेण्डको टाइमिङ भने ईलेक्ट्रोनिक टाइमिङ हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार