Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एनआईसीको ‘सर्वश्रेष्ठ बचत खाता’ को जानकारी अब एसएमएसबाटै

    एनआईसीको ‘सर्वश्रेष्ठ बचत खाता’ को जानकारी अब एसएमएसबाटै

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 843
    SHARES

    काठामाडौं । एनआईसी एशिया बैंकले अब ३ बीमा, ३ कर्जा र १८ अन्य सर्वाधिक फाइदाहरू रेहेको ‘सर्वश्रेष्ठ बचत खाता’ सम्बन्धी जानकारी एसएमएसबाटै प्रदान गर्ने भएको छ ।

    बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ का बारेमा कुनैपनि जानकारी आवश्यक परेको खण्डमा आफ्नो मोबाइलबाट SBK टाइप गरी 34488 मा SMS पठाउन आग्रह गरेको छ ।



    मुद्दती खाताहरू समेत समेटिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खातामा ग्राहक महानुभावहरूलाई बैंक तथा वित्तीय संस्थाहरूमै सर्वाधिक धेरै ब्याजदरसुविधा मात्रै नभई बीमातर्फ ३ वटा फाइदाहरू, कर्जातर्फ ३ वटा फाइदाहरू र १८ अन्य अतुलनीयफाइदाहरू गरी कुल २४ वटा सर्वश्रेष्ठ फाइदाहरू समेटिएको छ ।



    ‘सर्वश्रेष्ठ बचत खाता’ ४ जनालाई ५ वर्षसम्म कुल रू ८४ लाखसम्मको बीमा सुरक्षित गर्ने एक मात्र खाता हो । एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहक महानुभावहरूले अत्यन्त उत्साहजनक सहभागीता जनाई उक्त योजनाहरूलाई सफल बनाइदिएको बैंकले जनाएको छ ।

    जसमध्ये २१ लाखसम्मको ३ प्रकारका बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेटिएका छन् ।

    त्यस्तै ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेटिएको बैंकले जनाएको छ ।

    बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू अन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा, ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका फाइदाहरू रहेका छन् ।

    एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू।३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार