Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मी च्याम्पियन

    नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मी च्याम्पियन

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 1.4K
    SHARES

    कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । समान ५–५ स्वर्ण, रजत र कास्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो ।

    ४ स्वर्ण, ३ रजत र १ कास्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कास्यसाथ एपीएफ तेश्रो भए । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ कास्य, गण्डकीले ४ कास्य तथा प्रदेश १ ले ३ कास्य प्राप्त गरे ।



    प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन शुक्रवार सिनियर पुरुष टिम ईपीमा नेपाल आर्मी पहिलो भयो । आर्मीबाट राजेश चौधरी, मीन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गरेका थिए ।



    पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा एपीएफका जंग गिरी, सुकिराम तामाङ र सागर थापा दोश्रो भए । बागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापा तेश्रो भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार