Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पैसाका लागि राजनीतिमा आएको होइन : विनोद चौधरी

काठमाडौं । उद्योगी, व्यवसायी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफूले पैसाको लागि राजनीति नगरेको प्रष्ट पारेका छन् ।

दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देशमा बढ्दै गइरहेको आर्थिक समस्यालाई न्यूनीकरण गर्न राजनीतिमा आएको बताएका हुन् ।

उनले भने, ‘म संसद्मा दुई पटक बसिसके छ । अहिले नातिनातिना खेलाएर बस्नुपर्ने बेलामा हो । तर, अहिले म प्रत्यक्ष चुनाव लड्दै छु । तर, म देशमा देखिएको भद्रगोल अवस्थाको समाधान गर्नको लागि चुनावी मैदानमा जाँदै छु ।’

उनले आफ्नो क्षेत्रका जनताको समस्या आफूले नजिकबाट देखे भएकाले त्यो समस्या समाधान गर्ने बताए ।

व्यवसायी चौधरीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नवलपरासी-१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । चौधरीले सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट प्रत्यक्षमा उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077