Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नवौं राष्ट्रिय खेलकुद : लुम्बिनीलाई हराउँदै पुलिसको लगातार तेस्रो जित

    नवौं राष्ट्रिय खेलकुद : लुम्बिनीलाई हराउँदै पुलिसको लगातार तेस्रो जित

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 726
    SHARES

    कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत महिला क्रिकेट तर्फ समूह ‘बी’ मा नेपाल पुलिसले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।

    शुक्रबार बिहान पोखरा रंगशालामा सम्पन्न खेलमा लुम्बिनिमाथि पुलिसले ९७ रनको फराकिलो जित निकालेको हो। यसअघि पुलिसले प्रदेश एक र कर्णालीलाई हराएको थियो।



    प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो।



    उसका लागि कविता जोसीले ४८ रनको नटआउट इनिङ खेल्दा सम्झना खड्काले २९ रन बनाएकी थिइन्। त्यस्तै अप्सरी बेगमले १० रन जोडेकी थिइन्।

    १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२।५ ओभरमा अलआउट हुँदै १५ रनमानै समेटिएको थियो। उसका कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेन्न।

    उसका ७ खेलाडी शुन्य रनमा पेभिलियन फर्किएका थिए। पुलिसका लागि इश्वरी विष्टले ४ विकेट लिंदा हिरानमयि रोईले २ विकेट लिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार