Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालतद्धारा सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप गरेको हो । यसअघि २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो ।

बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए ।अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077