Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • निर्वाचन सुरक्षाबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल

    निर्वाचन सुरक्षाबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 834
    SHARES

    काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।



    बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखले अन्य सदस्यलाई जानकारी गराए । ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखले आग्रह गरे । सुरक्षा चुनौती र ती चुनैतीलाई समाधान गर्न के गर्ने भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने प्रस्ताव बैठकमा गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो ।



    बैठकमा गृहमन्त्री खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।

    मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला जिल्लामा पठाएको छ ।

    त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् । गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार