Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेत १ मा खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेत । सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधि सभाका लागि गठबन्धनका साझा खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले उम्मेदवारी बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा एमालेका उम्मेदवार डण्डीप्रसाद शर्मा विरुद्ध बागी उम्मेदवारी दिएका खड्क खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोटमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । र्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077