काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा र चिनियाँ राजदूत होऊ यान्छीबीच आज जङ्गी अड्डामा भेटवार्ता भएको छ।
चिनियाँ राजदूत होऊ कार्यकाल पूरा गरी फिर्ता हुन लागेको अवस्थामा उक्त भेटघाट भएको हो।
भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल पूरा गरेकोमा होऊलाई बधाई दिँदै सुखद भविष्यको शुभकामना दिए।
यस्तो भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।
Leave a Reply