Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशमको ठाउँमा उनका बुवा लालवीर चौधरी चुनाव लड्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् ।

रेशमको उम्मेदवारी खारेजपछि सो क्षेत्रमा उनकै पिता लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले आधिकारिक उम्मेदवारका रुपमा अघि सार्ने भएको हो ।

निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो । लालवीरले बर्दिया–२ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

रेशम उम्मेदवार बन्न नपाएपछि सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले उनकै पिता लालवीरलाई आधिकारिक उम्मेदवारका रुपमा अघि सार्ने भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।

लालवीर चौधरी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077