चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई समर्थन गर्ने भएको छ ।
एमालेले पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हो ।
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् । कांग्रेस केन्द्रीय सदस्य कोइराला गठन्धनका उम्मेदवारविरुद्ध बागी उठेका छन् ।
Leave a Reply