Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावमा स्वविवेक प्रयोग गर्न वामदेव गौतमको आह्वान

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने भएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष गौतमले आफ्नो पार्टीले कुनै पनि दललाई समर्थन गर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन ।

उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं ।’

यी दुवै गठबन्धनको उच्चतम् उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्ने वाहेक अरु केही रहेको नदेखिएको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा परिस्थिति र अवस्थालाई ध्यानमा राखेर स्वविवेक प्रयोग गर्न समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077