Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महासचिव पोखरेलले भने - प्रभु साहको कदम अराजनीतिक षडयन्त्रको नमुना

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक भनेर टिप्पणी गरेका छन् ।

नेकपा एमालेका नेता प्रभु साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो।’

प्रभु साह जसपासँगको तालमेलको सहमति सम्बन्धी बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने

छलफलमा बसेको र निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएको पोखरेलले उल्लेख गरेका छन् ।

रौतहटका जनताले षडयन्त्रलाई राम्ररी बुझेको भन्दै उनले एमाले–जसपाबीचको तालमेल सफल बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077