Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धनले बागी उम्मेदवारलाई दिएको अल्टिमेटम १ बजे सकिँदै

    गठबन्धनले बागी उम्मेदवारलाई दिएको अल्टिमेटम १ बजे सकिँदै

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 921
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेतालाई दिएको अल्टिमेटम बुधबार दिउँसो १ बजे सकिँदै छ ।

    गठबन्धनले मंगलबार एक विज्ञप्तिमार्फत दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्न पार्टीसम्बद्ध बागी उम्मेदवारहरूलाई निर्देशन दिएको थियो ।



    उक्त अवधिभित्र उम्मेदवारी मनोनयन फिर्ता नलिए पार्टीबाटै निष्कासन गरिने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।



    विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ ।

    आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न क्षेत्रमा गठबन्धनमा आबद्ध दलका नेताबाट बागी उम्मेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार