Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • च्याम्पियन्स लिग : चेल्सी र मक्काबी हाइफा विजयी

    च्याम्पियन्स लिग : चेल्सी र मक्काबी हाइफा विजयी

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 927
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको मिलानलाई २–० गोलले पराजित गरेको हो । समूह ‘ई’मा ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ ।



    अर्को खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह ‘एच’ मा रहेको युभेन्ट्सलाई मक्काबी हाइफाले २–० गोलले हराएको हो । हाइफाको जितमा ओमेर अट्जिलीले दुई गोल गरे । अंकतालिकामा



    पुछारमा रहेको हाइफाको यो पहिलो जित हो । हाइफाले ४ खेलमा ३ अंक जोडेको छ । युभेन्ट्सको ४ खेलमा ३ अंक नै भएपनि तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार