Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धन बैठक : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने चेतावनी

    सत्ता गठबन्धन बैठक : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 792
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

    आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।



    उनीहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्नु ।’



    उक्त बैठकले असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको छ ।

    प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्।

    मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन्।

    तर कतिपय क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारी परेका छन्। शीर्ष नेताले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी पनि दिएका छन् ।

    यस्तो छ पत्र : 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार