Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाविरुद्धको उजुरीमा आयोगले भन्यो – उम्मेदवारी कायमै रहन्छ, रद्द गर्नुपर्ने अवस्था छैन

    प्रधानमन्त्री देउवाविरुद्धको उजुरीमा आयोगले भन्यो – उम्मेदवारी कायमै रहन्छ, रद्द गर्नुपर्ने अवस्था छैन

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ ।

    देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो ।



    नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।



    डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

    देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्।उजुरीमा नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको उल्लेख गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार