Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बागी उम्मेदवारी फिर्ता लिन एमाले-जसपा गठबन्धनको आग्रह

    बागी उम्मेदवारी फिर्ता लिन एमाले-जसपा गठबन्धनको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 957
    SHARES

    पर्सा । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनले पर्सामा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।। पार्टीबाट टिकट नपाएको रिसमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

    स्वतन्त्र उम्मेदवारी दिएका जुनसुकै नेताले निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत गठबन्धनले दिएको छ ।



    सोमबार वीरगञ्जमा बसेको एमाले-जसपा गठबन्धनको बैठकले पार्टीबाट वागी भई उम्मेदवारी दिनेहरुलाई आ(आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने र नलिए कारवाही गर्ने निर्णय गरेको हो ।



    जसपा नेता करिमा बेगमले पर्सा-२ ‘ख’, जन्नत अन्सारीले-१ ‘क’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै रुपेशमान सिंह, मुकेश द्विवेदीलगायतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको सूची सार्वजनिक नगरेकाले बागी उम्मेदवारी दिनेहरुको संख्या यकिन हुन सकेको छैन । बैठकले गठबन्धनका संयुक्त उम्मेदवारलाई जिताउन १२ सदस्यीय निर्देशन समिति समेत गठन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार