Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाले भने – गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउँछु

    प्रधानमन्त्री देउवाले भने – गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउँछु

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 711
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरनागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    गैरआवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    उनले नेपालीहरुलाई नेपालमै लगानी गर्ने वातावरण सरकारले मिलाउने आश्वासनसमेत दिए ।



    उनले भने, ‘तपाईंहरुले उठाउँदै आइराख्नुभएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैरनागरिकतासम्बन्धी ऐनमा संशोधन गराउँछु ।’

    संसारमा फैलिएर रहेका प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन प्रधानमन्त्री देउवाले आह्वान गरे । नेपालाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार