Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, जसपाका मन्त्रीहरूबारे छलफल हुने

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, जसपाका मन्त्रीहरूबारे छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 684
    SHARES

    काडठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।

    बागी उम्मेदवार र जसपाका मन्त्रीहरूबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्दन स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्नेछ।



    बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने छ।



    सत्ता गठबन्धनका शीर्ष नेताहरूले तालमेल गरेका क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिने तयारी पनि गरेका छन्। यस्तै जसपाका चार जना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्नेबारे पनि छलफल हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार